मङपु: मङपु पुलिस आउटपोस्टमा दार्जिलिङ जिल्ला कानुनी सेवा प्रतिष्ठान मङपु शाखाको उद्घाटन जिल्ला कानुनी प्रतिष्ठानका सचिव सुजय कुमार सरकारको बाहुलीबाट गरियो। स्थानीय गरीबी रेखामुनिका आर्थिक रुपले कमजोर रहेका मङपुवासीहरुले कुनै पनि कानुनी सेवाको जरुरत परे मङपु आउट पोस्टमा गएर हप्तामा दुई दिन मंगलबार अनि शुक्रबार लिगल सेल मङपुका प्रतिनिधि प्रियङका राईसित सम्पर्क गर्न सक्नेछ्न। विशेष यो जिल्ला कानुनी सेवा प्रतिष्ठानको मङपुमा शाखा खोल्नुको मुख्य उद्देश्य गाउँ-बस्तीका आर्थिक विपन्न परिवार जसले कानुनी सहायता पाउन सक्दैनन् तिनीलाई यस संस्थाले कानुनी सहायता पुराउने भएको छ।

यस जिल्ला कानुनी सेवा प्रतिष्ठानमा विशेषगरी महिला अनि शिशु, अनुसूचित जाति एवम् जनजाति, प्रकृति आपद संकटमा परेका व्यक्तिहरु अनि विकालङ्गलाई विशेष छुट प्राप्त हुनेछ भनि सचिव सुजय कुमार सरकारले बताए। वार्षिक आय 1 लाखभन्दा कम्ती हुने मानिसहरूको लागि कानुनी न्याय दिलाउन यस जिल्ला कानुनी सेवा प्रतिष्ठानले सहयोग गर्ने छ। नारी, शिशु बेच-बिखान अनि उत्पीडनमा परेका पीडितहरुलाई पनि यस संस्थाले आर्थिक क्षतिपूर्तिको सहायता गर्ने भएको छ। जिल्ला कानुनी सेवा प्रतिष्ठान मङपु शाखाको उद्घाटन कार्यक्रममा दार्जिलिङ लिगल सेलका सचिवलाई आभार व्यक्त गर्दै मङपु आउट पोस्ट प्रभारी बिजय थामीले लिगल सेल कानुनी प्रक्रियामाथि आफ्नो मन्तव्य राखे।
