जीर्ण अवस्थामा पुगेको आशिष मोक्तानको घर अनित थापाको पहलमा बनाइने

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे क्रिकेट बजार निवासी आशिष मोक्तानको जीर्णावस्थामा रहेको घरलाई नयाँ बनाउने कार्यको लागि आज शिलान्यास गरियो। तीनधारे क्रिकेट बजारमा रहेको आशिष मोक्तानको घर ढल्ने अवस्थामा पुगेकोले जीटीए चिफ् अनित थापाको सहयोगमा अब नयाँ घर निर्माण गरिने भएको छ।


त्यसैले नयाँ घर निर्माणको लागि आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर, युवा शक्ति संयोजक साजन दर्जी लगायत अन्यहरूका उपस्थितिमा आशिष मोक्तानको नयाँ घर निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। अब जीटीए चिफ् अनित थापाको सहयोगमा आशिष मोक्तानकले नयाँ घर पाउने भएको छ। आज शिलान्यास कार्य गरेपछि अब निर्माण कार्य शुरु हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *