जोगमाया चियाकमानमा ‘हाम्रो पार्टी’-को श्रमिक संगठन गठन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पर्ने जोगमाया चियाकमानमा हाम्रो पार्टीको श्रमिक संगठन गठन गरियो। आज जोगमाया चियाबारीमा दुर्गे तामाङको सभापतित्वमा हाम्रो पार्टीको एउटा सभा सम्पन्न भयो। उक्त सभामा हाम्रो पार्टीको हिल तराई डुवर्स श्रमिक संघको गठन गरियो जसमा सभापति नबीन मंगर, उप सभापति पुनम तामाङ, सचिव निलम क्षेत्री, सह सचिव रितेन प्रधान लगायत 27 जनाको कार्यकारी समिति गठन गरिएको छ। जोगमाया चियाबारीमा सम्पन्न उक्त सभामा हाम्रो पार्टीको ट्रेड युनियनको केन्द्रीय समितिका सभापति डीके गुरुङ, थेबा तामाङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *