जोइन्ट एक्सन कमिटीद्वारा एनएच 55 को मुख्य अभियन्तालाई ज्ञापन

सिलगढी: एनएच 55 अन्तर्गत दार्जिलिङ मोड़देखि दार्जिलिङसम्मको ठेकेदारहरूको संगठन जोइन्ट एक्सन कमिटीद्वारा विभिन्न विषयहरूमा एनएच 55 को मुख्य  अभियन्तालाई भेट गरी ज्ञापन चढ़ाए। उक्त कमिटीले एनएच 55 को मुख्य अभियन्ता राजेस सिंहलाई मतिगढ़ास्थित तिनकै कार्यालयमा गएर ज्ञापन सुम्पियो। उक्त ज्ञापन पत्र चढाउन जाँदा विभिन्न विषयमा पनि चर्चा परिचर्चा गरिएको बताइएको छ। उक्त भेटमा जोइन्ट एक्शन कमिटीको तर्फबाट एनएच 55 को विभिन्न समस्याहरू लगायत ठेकेदारहरूले भोगिरहेका विविध समस्याको विषयमा मुख्य अभियन्तालाई अवगत गराइएको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार ज्ञापनमा एनएच 55 को लागि ठुल्ठुला प्याकेजहरू मात्रै होइन तर ती ठुल्ठुला प्याकेजहरू सानो गरिदिने र पुराना बिलहरू सबै चाँडै भुक्तान गरिदिने पनि निवेदन गरिएको छ। मुख्य अभियन्तासित भेटघाट गरी जोइन्ट एक्शन कमिटीले आगामी दिनमा मुख्य अभियन्तासित मिलेर एनएच 55 अन्तर्गत सुकनादेखि दार्जिलिङसम्म नै निरीक्षण गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त भेट गर्ने प्रतिनिधि टोलीमा जोइन्ट एक्शन कमिटीका सभापति राजेश लामा, उप सभापति रबि प्रधान, सचिव प्रेमकुमार गुप्ता, सह सचिव सन्दीप लामा, कोषाध्यक्षा डिङ्कु गुरुङ, सल्लाहकारहरू निलम प्रधान र काजी छेत्री आदि सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *