सिलगढी : अधिक वर्षाले गर्दा जोरापानी नदीको जलस्तर अधिक बढेको छ। रातभरि परेको पानीले गर्दा जोरापानी नदीको जलस्तर बढेपछि जनबस्ती इलाकामा नदीको पानी पसेको छ। हिजो रातिदेखि परेको अधिक वर्षाले गर्दा नदीको पानी इलाकाको घरहरूमा पसेपछि मानिसहरू समस्यामा छन्। सिलगढी संलग्न फुलबारी 1 ग्राम पञ्चायतको धेरैवटा इलाकाहरूमा जोरापानी नदीको पानी पसेपछि स्थानीय मानिसहरूले समस्याको सामना गर्न परिरहेको छ। अम्बिकानगर, शान्तिपाडा इलाकाको धेरैवटा घरमा नदीको पानी पसेको छ। यदि लगातार पानी परिरहे इलाकाको अवस्था के हुनेछ भन्ने विषयलाई लिएर इलाकावासी चिन्तित छन्।