जोरबङ्गलो सुकेपोखरी क्षेत्रमा नेताजी जयन्ती पालन

सुकेपोखरी: जोरबङ्गलो सुकेपोखरी खण्ड युवा कल्याण विभाग कार्यालयको तत्वावधानमा नेताजी सुभाष चन्द्र बोसको 125 औ जयन्ती सुभाष उत्सव 2021-को रूपमा आज पालन गरियो। विविध सांस्कृतिक कार्यक्रमबीच सम्पन्न कार्यक्रमको अध्यक्षता  वरिष्ठ समाजसेवी बीएस पाण्डेले गरेका थिए । फुर्बा छिरिङ शेर्पाले सञ्चालन गरेको कार्यक्रमको प्रमुख तथा विशिष्ठ अतिथिहरूमा युवक सङ्घ प्राथमिक पाठशालाका प्रधानाध्यापिका पासाङ लह्मु शेर्पा, शिक्षिका सविता लेप्चा, पृथ्विराज तामाङ, सन्दीप बरदेवा, नयन राई आदिको विशेष उपस्थिति थियो । नेताजीको प्रतिकृति अघि दीप प्रज्वलन र माल्यर्पण गरिएपछि विभागीय बड़ाबाबु सुवास गुरूङले स्वागत भाषण राखे। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नेतीजीको जीवनी,स्वतन्त्र आन्दोलनमा तिनको योगदान लगायत विविध पक्षलाई लिएर सारगर्भित मन्तव्य व्यक्त गरे।


यसैगरी, सुके पोख्रेबुङ क्षेत्रका केही शैक्षिक केन्द्रहरूमा पनि नेताजी जयन्ती पालन गरियो । राङभाङ उच्चतर माध्यमिक विद्यालय,पोख्रेबुङ उच्चत्तर माध्यमिक विद्यालय, इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालय लगायत अन्य केही शैक्षिक केन्द्रमा पनि नेताजी जयन्ती पालन गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *