दार्जिलिङ: राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ पहाड आउन अगावै जीटीएको चुनाउ होइन, राजनैतिक समाधान हुनपर्छ भन्ने गोर्खा जनमुक्ति युवा मोर्चाले लिएको अडानलाई सरकार पक्षले गम्भीरतापूर्वक लियोस् भन्ने कुरा बुझाउनको लागि पार्टीको तर्फबाट विभिन्न ठाउँहरुमा पोस्टरिङ गरिने कार्य भइरहेको छ।

कालेबुङ सहर पछ् अब दार्जिलिङ बजारदेखि सिंहमारीसम्म अनि खरसाङ रोहिणीको विभिन्न ठाउँहरुमा पनि युवा मोर्चाले पोस्टिङ गरेर सरकारलाई राजनैतिक समाधानको निम्ति पहल गरिनुपर्ने आह्वान गरेको छ।
