दार्जिलिङ : खरसाङ जुस्लोका 42 जना युवाहरू प्रजातान्त्रिक असंगठित श्रमिक युनियनमा आज सामेल भए। खरसाङमा विभिन्न व्यवसायमा कार्यरत 42 जनाले बिमल गुरूङ समर्थित जुस्लोलाई त्यागेर अनित थापाको कर्मलाई मन पराएपछि आजदेखि तिनीहरूले प्रजातान्त्रिक असंगठित श्रमिक युनियनलाई समर्थन जनाएका छन्।

दार्जिलिङस्थित भरतीय गोर्खा प्रजातान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज तिनीहरूलाई स्वागत जनाउँदै पार्टी अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाको हातबाट पार्टीको झण्डा ग्रहण गरे।
