गान्तोक (निसं): सिक्किमको सिङ्ताम पुलिसले मनोज कुमार गुप्ता नामक एकजना व्यापारीलाई ड्रग्ससहित पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा पुलिस उप-निरीक्षक लक्ष्मण गजमेरको नेतृत्वमा गएको पुलिस टीमले सिङ्ताम बजारको जुत्ता व्यापारी मनोज कुमार गुप्तालाई प्रतिबन्धित 791 वटा एसपी क्याप्सूलसहित पक्राउ गरेको छ।

पुलिसको खोजतलासको क्रममा तिनको कोठाबाट उक्त प्रतिबन्धित क्याप्सूल फेला परेको बताइएको छ। आरोपी गुप्तालाई पक्राउ गरेर सिङ्ताम पुलिसले तिनी विरुद्ध सिक्किम एण्टी ड्रग्स एक्ट (साडा) 2006 अन्तर्गत मामिला दर्ता गरेर सोधखोज गरिरहेको पुलिस सूत्रले जनाएको छ।
