कछुवा बिक्री गर्नको लागि सोशल मिडियामा भिडियो पोस्ट गरेपछि 2 वटा कछुवा सहित व्यक्ति पक्राउ

सिलगढी : विलुप्त प्रजातिको कछुवा बिक्री गर्नको लागि सोशल मिडियामा पोस्ट गरेको विषयमा जानकारी पाएपछि बेलाकोवा वन विभागका वन कर्मीहरूले सिलगढीको संहती मोडस्थित एउटा घरमा अभियान चलाएर कछुवा उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि सोशल मिडियामा 2 वटा कछुवाको भीडियो पोस्ट गरेको थियो। बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तले उक्त भीडियो देखेपछि तिनले आफ्नो टोलीको साथमा जाँच शुरू गरेका थिए। यसपछि गत राति सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थानाको सहयोगितामा हाकिमपाडाको संहती मोडस्थित एउटा घरमा अभियान चलाएर विलुप्त प्रजातिको 2 वटा कछुवा उद्धार गरेको बताइएको छ। यसको साथै घर मालिक बापी दत्तलाई पनि पक्राउ गरेको छ। रेञ्जर सञ्जय दत्तले बताएअनुसार, सोशल मिडियाको माध्यमद्वारा यस विषयमा थाहा पाए। उद्धार गरेको कछुवाको बजार मूल्य अधिक रहेको छ। बापी दत्तले सोशल मिडियाको माध्यमद्वारा उक्त कछुवालाई बिक्री गर्ने योजना बनाएका थिए। उक्त घटना अन्य केही संलग्न हुनसक्ने आशंकामा जाँच शुरू गरेको छ। यसरी कछुवालाई घरमा राख्नु गैर कानुनी हो। उक्त मामिलामा 7 वर्षको जेल हुन सक्नेछ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *