कलशयात्राको साथमा नक्सलबारीमा ​​श्री शिव पुराण महीम कथा सत्संग शुरू

नक्सलबारी : नक्सलबारी दक्षिण रथखोला दीप ज्योति महिला समितिको आयोजनामा ​​श्री शिव पुराण महीम कथा सत्संगको आयोजना गरियो। सात दिनव्यापी उक्त पुराण आज कलशयात्राको साथ शुरू गरियो। उक्त कलशयात्रामा सिलगढी महकुमा परिषद्का अध्यक्ष अरुण घोष, नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, मनिराम ग्राम पञ्चायत प्रमुख गौतम घोष, विद्युत दास लगायत अन्य उपस्थित थिए। यस अवसरमा विद्युत दासले भने, उक्त इलाकाका सबै जातिका मानिसहरू मिलेर महापुराणको आयोजना गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *