कालचिनी : भाजपाबाट तृणमूलमा सामेल हुने क्रम जारी छ। यसै क्रममा बिरेन्द्र बाराको नेतृत्वमा भाजपा 8 नम्बर मण्डल युवा मोर्चाका सभापति गोपाल झा, भाजपा पञ्चायत समितिका सदस्य रिङ्की सरकार लगायत लगभग 500 भाजपा परिवार तृणमूलमा सामेल भएका छन्। तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाको बाहुलीबाट सबैलाई खदा लगाइदिँदै पार्टीमा स्वागत जनाइयो। ब्लक सभापति पासाङ लामाले भाजपामुक्त बनाउने अभियानमा अहिले कालचिनी ब्लक अघि रहेको र हामी सबै मिलेर कालचिनी ब्लकलाई भ्रष्टाचारमुक्त, भाजपामुक्त बनाउन प्रयास गर्ने बताए।