कालचिनीमा जंगली हात्तीको हमलामा 5 वटा घर क्षतिग्रस्त

कालचिनी (निसं): कालचिनी ब्लकको निमती दोहमनी बामनडांगा इलाकामा जंगली हात्तीको हमलामा पाँच वटा घर क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान वनकर्मी घटनास्थलमा पुग्दा गाउँलेहरूले वन कर्मीहरूलाई घेराउ गर्नको साथै विरोध प्रदर्शन गरे। यसको साथै गाउँलेहरूले लगभग एक घन्टासम्म वन कर्मीहरूलाई रोकेर राखे। यसपछि वन कर्मीहरूले गाउँलेहरूसित कुराकानी गरेर क्षतिपूर्ती दिने आश्वासन दिएपछि मात्र गाउँलेहरू शान्त भए। स्थानीय मानिसहरूले बताए अनुसार जंगली हात्तीहरूको लगातार उत्पातले गर्दा यहाँका मानिसहरू अधिक प्रभावित बनेका छन्। लगभग प्रत्येक रात नै बक्सा बाघ प्रोजेक्टको जंगलबाट जंगली हात्तीहरूको झुन्ड गाँउमा प्रवेश गर्छ अनि उत्पात मचाउने गर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL