कालचिनी : कालचिनी बीडीओ अफिस इलाकामा सडक दुर्घटनामा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान एउटा टोटो 2 जना यात्रीलाई लिएर हेमिल्टनगञ्जदेखि कालचिनीतर्फ गइरहेको समय कालचिनी बीडीओ अफिस संलग्न इलाकामा टोटो अनियन्त्रित भएर पल्टिँदा चालक सहित 3 जना घाइते भएको बताइएको छ। घाइतेहरूमध्ये साहिल लोहार नाम गरेको नवौँ श्रेणीको छात्रको अवस्था आशंकाजनक रहेको थाहा लागेको छ। घाइतेहरूलाई उद्धार गरेर लताबारी अस्पतालमा लगे तापनि तीमध्ये घाइते छात्रलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
