कालचिनीमा ट्रेनले काटेर महिलाको मृत्यु

अलीपुरद्वार (निसं): ट्रेनले काटेर एकजना महिलाको मृत्यु भएको छ।  घटना बुधवार बिहान अलीपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत हेमिल्टनगञ्ज फरवर्ड नगर इलाकामा घटेको हो। उक्त घटना पछि इलाकामा सनसनी फैलिएको छ।  


स्थानीय सूत्र अनुसार सिलगढीबाट अलीपुरद्वार गइरहेको डेमू पेसेञ्जर ट्रेनले काटेर महिलाको मृत्यु भएको हो। उक्त महिलाले ट्रेनको अघि आएर आत्महत्या गरेको हुनसक्ने सम्भावना व्यक्त गरिएको छ।  उक्त घटना पछि स्थानीय मानिसहरूले यसबारे हाँसीमारा आरपीएफ-लाई सूचना दिए। हालसम्म पनि मृतक महिलाको पहिचान हुन नसकेको पुलिस सूत्रले जनाएको छ। हाल आरपीएफ-ले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *