कालचिनी र रायमाटाङ चिया बगानका श्रमिकहरूले तलब नपाएपछि गरे विरोध प्रदर्शन

अलीपुरद्वार, 1 मार्च (निसं): अलीपुरद्वार जिल्लाको कालचिनी र रायमाटाङ चिया बगानका श्रमिकहरूले हालसम्म तलब नपाएकोले गर्दा यसको विरोधमा आज दुवै चिया बगानका श्रमिकहरूले प्रदर्शन गरे। लगभग डेढ वर्षसम्म बन्द रहेको कालचिनी र रायमाटाङ चिया बगान गत 20 जनवरीमा खोलिएको थियो। तर बगान खोळिए तापनि त्यहाँका श्रमिकहरूको समस्या समाधान भएको छैन। नयाँ मालिकले श्रमिकहरूबाट काम गराएर तलब दिएको छैन। गत शनिबार तलब भुक्तानीको समय निश्चित गरिएको थियो, तर एक हप्ता बितिसक्दा पनि श्रमिकहरूले तलब प्राप्त गरेका छैनन्। त्यसैले कालचिनी र रायमाटाङ दुवै चिया बगानका श्रमिकहरूले आज बिहान काममा नगएर विरोध प्रदर्शन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *