कालेबुङ : गोजमुमो अध्यक्ष बिमल गुरूङले हाल कालेबुङ जिल्लाको विभिन्न समष्टिहरूको परिभ्रमण गर्नको साथै तिनलाई समर्थन जनाउनेहरूको संख्या पनि दिनहुँ बढिरहेको देखिन्छ। यसै क्रममा कालेबुङको 39 नम्बर समष्टिमा हिजो सम्पन्न पार्टीको एउटा सभामा 250 भन्दा अधिक सदस्यहरूले बिमल गुरूङको सोँच र विचारलाई मन पराएर पार्टीमा सामेल भएको बताइएको छ। पार्टी सूत्रले दिएको जानकारीअनुसार 39 नम्बर समष्टिका विभिन्न ठाउँहरूबाट गोजमुमो 2, भाजपा लगायत अन्य पार्टीहरू त्यागेर 250 परिवार गोजमुमो बिमल खेमामा सामेल भएका छन्। तिनीहरूलाई पार्टी अध्यक्ष बिमल गुरूङले खदा लगाइदिएर पुनः आफ्नो पार्टीमा फर्किआएकोमा स्वागत जनाए।
