कालेबुङ अनि दार्जिलिङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ चाँडै गरिनु पर्ने मागमा कृकसं-द्वारा पत्राचार

कालेबुङ: कालेबुङ अनि दार्जिलिङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ चाँडै गरिनु पर्ने कालेबुङ कृषक कल्याण संगठनले माग गरेको छ। कालेबुङ कृषक कल्याण संगठनका महासचिव बिष्णु छेत्रीले आज कालेबुङमा पत्रकार सम्मेलनको आयोजना गरेर धेरै वर्षदेखि पञ्चायत चुनाउ नभएकोले दार्जिलिङ र कालेबुङ जिल्लाको पञ्चायत क्षेत्रका मानिसहरू विविध सरकारी साहुलियत र सुविधाहरूबाट वञ्चित भइरहेको बताए। यसैले चाँडो भन्दा चाँडो कालेबुङ अनि दार्जिलिङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ गराउनु पर्ने माग गर्दै देशका गृहमन्त्री अमीत शाहा, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, दार्जिलिङका सांसद राजु विष्ट, राज्यसभा सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्रीलाई पत्राचार गरेको संगठनका महासचिव बिष्णु छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *