कालेबुङ जिल्ला अस्पतालमा 15 अगस्तमा अक्सिजन प्लान्टको उद्घाटन : विधायक लेप्चा

कालेबुङ : कालेबुङ जिल्लामा कोरोना संक्रमणको कारण संक्रमित हुने व्यक्तिहरूलाई तत्कालै चाहिने अक्सिजन उपलब्ध गराउन अब यहाँको जिल्ला अस्पतालमा नै अक्सिजन प्लान्टको उद्घाटन गरिने भएको छ। विधायक रूदेन सादा लेप्चाको पहलमा कालेबुङ जिल्लाको निम्ति स्थानीय स्तरमा अक्सिजन उत्पादन गर्न सकिए यस जिल्लामा चाहिएको अक्सिजन आपूर्ति गर्न सकिनेबारे सम्बन्धित विभाग अनि जिल्ला प्रशासनसँग बारम्बार माग गरेपछि हाल अक्सिजन प्लान्टको जडान कार्य भइरहेको बताइएको छ। आगामी 15 अगस्त स्वतन्त्र दिवसको दिन कालेबुङ जिल्लामा अक्सिजन प्लान्टको विधिवत् उद्घाटन गरिने विधायक लेप्चाले जानकारी गराएका छन्। कालेबुङ जिल्ला अस्पातलमा अक्सजिन प्लान्टको जडान कार्य भारतकै चर्चित लार्सन अनि टर्बो कम्पनीले हाल युद्धस्तरमा गरिरहेको जानकारी प्राप्त भएको छ। उक्त अक्सिजन प्लान्टको जडान भएपछि कालेबुङ जिल्लाका कुनै पनि बिरामीले अक्सिजन अनुपलब्धको कारण प्राण गुमाउन नपर्ने विधायक लेप्चाले दावी गर्दै यस कार्यको निम्ति कालेबुङ जिल्लावासीलाई अगावै बधाई एवम् शुभकामना पनि दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *