कालेबुङका गायत्री मुखिया, शंखमणि राई सहित धेरैले विनय तामाङलाई भेटेर जनाए समर्थन

दार्जिलिङ : गोजमुमो 2 कालेबुङ जिल्लाका महासचिव पदबाट राजीनामा दिएको घोषणा गरेको केही घण्टापछि नै गायत्री मुखिया, उपाध्यक्ष शंखमणि राई सहित धेरैजनाले आज दार्जिलिङमा विनय तामाङलाई भेट गरेर तिनको तेस्रो अध्यायलाई समर्थन जनाए। दार्जिलिङस्थित विनय तामाङको निजी वासस्थानमा समर्थन जनाउन आइपुगेका गायत्री मुखिया, शंखमणि राई लगायत अन्य सदस्यहरूलाई खदा लगाई दिएर आफ्नो तेस्रो अध्यायको लागि सहयात्री बन्न आएकाहरूप्रति तिनले आभार व्यक्त गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *