कालेबुङ: कालेबुङ जिल्लाको 44 नम्बर समष्टिबाट धेरैजनाले विभिन्न राजनैतिक पार्टी त्यागेर आजबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन् । विधायक रूदेन सादा लेप्चाको बाहुलीबाट तिनीहरूले पार्टीको झण्डा ग्रहण गर्दै भागोप्रमो-मा सामेल भए। यता कालेबुङ विधायक एवम् भागोप्रमो पार्टी केन्द्रीय उपाध्यक्ष रूदेन सादा लेप्चाले जानकारी दिए अनुसार आज 45 नम्बर समष्टिमा पनि व्यापक संख्यामा विभिन्न राजनैतिक पार्टी छोडेर भागोप्रमो-मा सामेल भइरहेका छन्। त्यस वाहेक, अहिले कालेबुङमा जिल्ला परिषदको मागमा कालेबुङ जिल्लाको विभिन्न ठाउँबाट समर्थन जुटिरहेको पनि तिनले थप जानकारी गराएका छन्।
