कालेबुङको अप्पर डुंग्रामा ‘पाड़ाय समाधान’ योजना मार्फत सार्वजनिक भवनको शिलान्यास

कालेबुङ: कालेबुङको 36 नम्बर समष्टि अन्तर्गत पर्ने यहाँको अप्पर डुंग्रामा कालेबुङ तृणमूल कङ्ग्रेसको पहलमा ‘पाड़ाय समाधान’ योजना अन्तर्गत सार्वजनिक भवन निर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न गरियो। उक्त सार्वजनिक भवन 28 लाख 56 हजार रूपियाँको लागतमा बनिने बताइएको छ। उक्त सार्वजनिक भवनको आज विधिवत् रूपमा शिलान्यास गरियो। यस अवसरमा कालेबुङ जिल्ला तृणमूल कङ्ग्रेस प्रमुख संयोजक सुमन गुरुङ,समष्टि प्रमुख रिन्जीङ भुटिया,कालेबुङ जिल्ला महिला तृणमूल कङ्ग्रेस उपाध्यक्ष उजता गुरूङ आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *