कालेबुङमा आयोजित कार्यक्रममा शहीदहरूको योगदानलाई खेरो जान नदिने बिमल गुरूङले गरे दावी

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाद्वारा कालेबुङको एघार माइलस्थित शहीद पार्क परिसरमा आज शहीद दिवस पालन गरियो। कार्यक्रममा मोर्चा अध्यक्ष बिमल गुरुङ प्रमुख रूपमा उपस्थित थिए भने तिनीसित मोर्चा नेता कर्णल रमेश आले, डा. आरबी भुजेल, नैनिता गौतम, तोप्देन भोटिया, प्रवक्ता भुवन पी. खनाल, नगरपार्षदहरू लगायत अन्य वरिष्ठ नेतृत्वहरूको उपस्थिति रहेको थियो। शहीद वेदीमा उपस्थित अतिथिहरूको बाहुलीबाट दीप प्रज्जवलन अनि खदार्पण गरेर शहीदहरूको आत्मशान्तिको निम्ति प्रार्थना गर्दै श्रद्धाञ्जलि अर्पण गरियो।


कार्यक्रममा शहीद परिवारका सदस्यहरूलाई आयोजक समितिको पक्षबाट सम्मान जनाइयो। उक्त कार्यक्रमलाई पार्टी प्रमुख बिमल गुरुङले सम्बोधन गर्दै शहीदहरूले दिएको योगदानलाई त्यसै खेरो जान नदिने बताए। तिनले भने, राजनीति छोड्छु तर जातिलाई कहिले धोका दिन्न। स्मरण रहोस्, गोर्खाल्यान्ड राज्य प्राप्तिका निम्ति सन् 1986 सालमा आफ्नो ज्यानको बलिदान दिने शहीदहरूलाई स्मरण गर्दै आज कालेबुङको विभिन्न ठाउँहरूमा राजनैतिक पार्टीहरूले शहीद दिवस पालन गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *