दार्जिलिङ : कालेबुङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई ठूलो झटका लागेको छ। आज समष्टि अध्यक्ष लगायत 45 परिवारहरूले पार्टी छोडेर हाम्रो पार्टीको झण्डा समाए । दार्जिलिङ शहरको नेरू रोड स्थित हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको नीजि वासस्थानमा आज कालेबुङको भागोप्रमो 41 नम्बर समष्टि अध्यक्ष अर्जुन मुखियाँ लगायत समष्टिको 45 परिवारहरूको टोलीले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससँग भेटवार्ता गर्यो। एक घण्टाभन्दा अधिक समयसम्म चलेको भेटवार्ता अवधिमैं कालेबुङ 41 नम्बर समष्टि भागोप्रमो अर्जुन मुखिया लगायत 45 परिवारहरूले हाम्रो पार्टीको झण्डा समाए। पार्टी अध्यक्ष अजय एडवार्डसले समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यस अवसरमा अर्जुन मुखियाँले पत्रकारहरूसँगको कुराकानीमा नयाँ सोंच र नयाँ विचार भनेर हुँदैन, मन मस्तिकमा पनि नयाँ सोंच र नयाँ विचार हुनपर्छ तर भागोप्रमो-मा त्यस्तो केही नभएको तिनले बताए। तिनले अझ भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरूको मानसिकतामा चुनाउको अवधि पार्टी कार्यकर्ता एवम् समर्थकहरूलाई ठूल्ठूलो सपनाहरू देखाएर चुनाउमा खटाउने तर चुनाउको परिणाम पछि पार्टी कार्यकर्ता अनि समर्थकहरूलाई नचिने जस्तो गर्ने तिनीहरूको मानसिकता रहेको मुखियाँले आरोप लगाए।

गत विधानसभा चुनाउ अवधि भागोप्रमो-का नेतृत्वहरूले गाउँ, बस्तीतिरका मानिसहरूलाई ठुल्ठुलो सपनाहरू देखाउँदै भोट मागेका थिए। त्यस अवधि क्षेत्रिय कार्यकर्ता एवम् समर्थकहरू पनि उपस्थित रहेको हुनाले गर्दा आज गाउँ बस्तीतिर हिडी नसक्ने अवस्थामा पुऱ्याएको छ भन्दै मुखियाँले आरोप लगाए। तिनले भने, भागोप्रमो-का नेतृत्वहरूले नयाँ सोंच र नयाँ विचारको ठूल्ठूलो कुराहरू गर्ने गर्छन तर वास्तविकता भागोप्रमो-का नेतृत्वहरूको मन मस्तिकमा नयाँ सोच र नयाँ विचार पटक्कै छैन्। एउटा प्रश्नको जवाफमा अर्जुन मुखियाँले भने, हाम्रो पार्टीको भिजन स्पष्ट छ अनि पार्टी अध्यक्ष अजय एडवार्डसको सोंच पनि पवित्र रहेको हामीले पायौ। यी सबै विषयलाई ध्यानमा राख्दै हामीले भागोप्रमो छोडेर हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएका हौ। आज अझ धेरै समर्थकहरू हाम्रो पार्टीमा सामेल हुन आउने कार्यक्रम रहेको थियो तर गाडीको अभाव र छोटो समयको कारणले त्यो सम्भाव हुन नसकेको तिनले बताए। अर्कोतिर, हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई पार्टीमा समर्थकहरूको संख्या लगातार बढिरहेको बारे सोधिएको प्रश्नको जवाफमा तिनले पत्रकारहरूसित भने, हाम्रो पार्टी भनेको जनताको पार्टी हो। दिन-प्रतिदिन हाम्रो पार्टीले जनताको माया बटुल्न समक्ष भइरहेको तिनले बताए।
