कालेबुङ: नेपाली साहित्य अध्ययन समिति कालेबुङको आयोजनामा समितिका भाइचन्द प्रधान सभागृहमा 30औँ नेपाली भाषा मान्यता दिवस समितिकै सभापति ज्ञान सुतारको सभापतित्वमा सम्पन्न भयो। क्लुनी महिला महाविद्यालयका प्राध्यापक दिलु ठटालले भाषा मान्यताको संघर्षको झाँकी आफ्नो वार्तामा प्रस्तुत गरे। वार्तापछि तारा शर्मा, दिनेश खाती, हेमकान्त भण्डारीद्वारा कविता वाचन र ज्ञान सुतारबाट निबन्ध पठन गरियो। कार्यक्रमको दोस्रो चरणमा भेटघाट सुसमाचारीय पत्रिकालाई 1983 देखि अहिलेसम्म 38 वर्षसम्म निरन्तरता दिई नेपाली साहित्यमा दिएको योगदानको निम्ति नेपाली साहित्य अध्ययन समितिका सभापति ज्ञान सुतारको बाहुलीद्वारा एल्डर राजु राईलाई अभ्यर्थना गरियो। कार्यक्रमको तेस्रो चरणमा गत दिनमा अन्तर विद्यालय निबन्ध प्रतियोगितामा विजयी हुनेहरूलाई पारितोषिक पनि वितरण गरियो।
