कालेबुङमा भत्किएको घरबाट महिलाको शव उद्धार

कालेबुङ: कालेबुङ 13 नम्बर वार्डको बीएल दिक्षित रोड जुब्ली स्कुल नजिक भत्केको घर सफा गर्ने क्रममा आज बिहान एउटी महिलाको शव उद्धार गरिएको छ। मृतक महिला कम्सी निवासी 32 वर्षीय सुषमा सुनवार (सुब्बा)-को रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, गत शुक्रबार राति कालेबुङको बीएल दिक्षित रोड जुब्ली स्कुल नजिक रहेको एउटा पुरानो घर भत्किँदा 4 जना घाइते भएपछि हाल तिनीहरूको कालेबुङ जिल्ला अस्पतालमा उपचार चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *