कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा अनित खेमा विद्यार्थी मोर्चाद्वारा आज कालेबुङमा कलेजका विद्यार्थीहरूलाई कोरोनाको भ्याक्सिन लगाइयो। विद्यार्थी मोर्चाले गत केही अघिदेखि नै विद्यार्थीहरूको निम्ति भ्याक्सिन उपलब्ध गराइदिने माग गर्दै आइरहेकोले कालेबुङका नगरपालिका अध्यक्ष रवि प्रधानको सहयोगमा उक्त भ्याक्सिन शिविरको आयोजना गरिएको बताइएको छ। यहाँको एसयुएमआई स्कुलमा आज कलेजका धेरैजना विद्यार्थीहरूले सामाजिक दूरीलाई पालन गर्दै शिविरमा कोरोनाको खोप लगाए। उक्त भ्याक्सिन उपलब्ध गराइदिएकोमा विद्यार्थी मोर्चाको तर्फबाट नगरपालिका अध्यक्ष रवि प्रधानलाई कृतज्ञता प्रकट गरिएको छ।
