कालेबुङ (निसं): कालेबुङ सहरमा दिनहुँ मानिसहरूको भीडभाड तथा वाहनहरूले गर्दा अधिक जामको समस्यालाई ध्यानमा राखेर महकुमा शासकले एउटा विज्ञप्ति जारी गरेर निर्देश दिएपछि कालेबुङ शहरमा आजदेखि नयाँ ट्राफिक नियम शुरु गरेको छ। उक्त नयाँ नियम अनुसार कालेबुङमा आजदेखि नयाँ ट्राफिक नियम शुरू हुनको साथै ठूलो गाडी र पानीको गाडीहरुक शहर पस्ने समयको बनाइएको छ। अबउसो पानीको गाडी बिहान 7:30 देखि 9 बजेसम्म अनि अपरान्हको समय 2 देखि 4:30 बजेसम्म शहरमा पस्न नपाइने बताइएको छ।
यसैगरी, रेली रोडदेखि मेन रोड, टुनि बोटेदेखि बिरोलो कोठी, जिल्ला अस्पताल मोडदेखि जिल्ला अस्पतालसम्म बिहान 7:30 देखि बेलुकी 5:30 सम्म (आइतबार बाहेक) अरु दिन पानीको गाडी हाल्न प्रतिबन्ध लगाइएको छ। यसवाहेक, ठूलो सामान बोक्ने ट्रकहरु बिहान 7:30 देखि 11:30 सम्म र अपरान्ह 2:30 देखि 4:30 सम्म (आइतबार बाहेक) अन्य दिन शहरमा पस्न निषेध गरिएको कालेबुङ ट्राफिक सीत्रले जनाएको छ।