राजगञ्ज, 23 अक्टोबर (निसं): काली पूजाको तयारीमा आमबाडी आउट पोस्ट पुलिसले स्थानीय क्लबहरूसँग बैठक गऱ्यो। सिलगढी पुलिस कमिश्नरेटको भोरेर आलो थाना अन्तर्गत आमबाडी थानामा बुधबार उक्त बैठक समपन्न भयो। बैठकमा क्लबका सदस्यहरूलाई अनलाइन पूजाको अनुमति साथै पूजा सम्बन्धी सरकारका नियमहरूको जानकारी दिइएको छ।
बैठकमा भोरेर आलो थाना प्रभारी ओसी सन्दीप दत्त, आमबाडी आउटपोस्टका ओसी हिरुकान्ति सरकार, बिन्नागुढी ग्राम पञ्चायत प्रधान समीजुद्दीन अहमद लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।