सिलगढी, 28 अक्टोबर (निसं): काली पूजाको अन्तिम तयारी जोडतोडले चलिरहेको छ। सिलगढीको विवेकानन्द क्लबले यस वर्ष जामदानी सारी अर्थात traditional handwoven saree बाट पूजा मण्डप बनाएर जनताको ध्यान आकर्षित गर्ने भएको छ। हरेक वर्ष नयाँ थिमका साथ विवेकानन्द क्लबले शहरवासीहरूको ध्यान खिच्ने प्रयास गर्दै आइरहेको छ। यस वर्ष पनि उनीहरूको विशेष आकर्षण जामदानी सारीबाट बनेको पूजा मण्डप रहेको छ। आयोजकहरूले जामदानी सारीको परम्परालाई उजागर गर्नको लागि यो पहल गरेको जानकारी दिएका छन्। क्लबका सदस्यहरूले पूजा मण्डपले शहरवासीहरूको ध्यान आकर्षित गर्ने आशा गरेका छन्।