कालियागञ्ज घटनालाई लिएर राष्ट्रिय बाल अधिकार संरक्षण आयोगका अध्यक्ष प्रियाङ्क कानुनगोद्वारा क्षोभ प्रकट

सिलगढी : राष्ट्रिय बाल अधिकार संरक्षण आयोगका अध्यक्ष प्रियङ्क कानुनगो दिल्ली प्रस्थान गर्न अघि कालियागञ्जको घटनालाई लिएर क्षोभ प्रकट गरे। तिनले आज बाघडुग्रा हवाईअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै भने, राज्य सरकारले पोस्टमर्टम रिपोर्ट दिएको छैन। घटनाको 24 घण्टा बितिसकेपछि एकजना डाक्टरले मात्र आफूहरूसित भेट गर्यो, जबकि 3 जना डाक्टरहरूले भेट्ने कुरा थियो। यस घटनामा मामिलाका आईओ अधिकारीले पनि विभिन्न मुद्दाबारे जानकारी दिन सकेनन्। आरोपी जावेदको बारेमा पुलिसले पनि कुनै जानकारी दिएको छैन। जावेद बङ्ग्लादेशी अनुप्रवेशकारी हुनसक्ने आशंका लागेको तिनले बताए। उक्त नाबालिकाले आत्महत्या गरेको हो अथवा होइन भन्ने विषयमा पोस्टमार्टम गर्ने डक्टरले पनि केही भन्न नसकिने बताए। राज्य मन्त्री शशि पान्जाले गरेको टिप्पणी भूल हो भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *