सिलगढी : कालियागञ्जमा नाबालिकासित दुष्कर्म गरेपछि तिनको हत्या गरेको घटनाको विरोधमा भोलि मंगलबार पाँच सूत्रीय मागलाई लिएर कामतापुर प्रोग्रेसिभ पार्टी-ले रेलीको माध्यमद्वारा एसपी अफिसमा एउटा ज्ञापन पत्र चढाउने भएको छ। संस्थाका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। भोलि निकालिइने रेलीमा उत्तर बंगालको विभिन्न जनजाति समूहका मानिसहरूले अंश ग्रहण गर्नेछन्। यसपछि 5 सूत्रीय मागलाई लिएर एसपी अफिसमा एउटा ज्ञापन पत्र चढाइने बताइएको छ।