कमला राईको निधनमा गोर्खा जनपुस्तकालय खरसाङद्वारा श्रद्धाञ्जलि अर्पण

खरसाङ: भारतीय नेपाली साहित्यको एकजना वरिष्ठ नारी हस्ताक्षर एवम् मिरिककी स्रष्टा कमला राईको निधनमा गोर्खा जनपुस्तकालय खरसाङले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गर्यो। गोर्खा जनपुस्तकालय खरसाङको पक्षमा मूल सचिव विनोद रसाइलीले एउटा प्रेस विज्ञप्ति जारी गरेर साहित्यकार स्रष्टा कमला राईको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्। एकजना आदर्श गृहिणी र अध्यापिकादेखि लिएर भारतीय नेपाली साहित्य जगतमा एकजना स्थापित नारी हस्ताक्षर बन्न सफल कवयित्री कमला राईको असामयिक निधनले साहित्य र समाज दुवैमा अपुरणीय क्षति पुगेको तिनले बताएका छन्। साहित्यकार कमला राई एकजना सशक्त कविको रूपमा नेपाली साहित्य जगतमा अविस्मरणीय रहने छिन्। तिनको कविता सङ्ग्रह समयका पाइलाहरू (2017) अनि शब्दहरूको एकान्तवास (2019) नेपाली साहित्य भण्डारमा अमूल्य निधि भएर रहनेछ। हिन्दीमा पनि तिनको एउटा कविता सङ्ग्रह प्रकाशित रहेको छ। स्रष्टा कमला राईको निधन भएको समय गोर्खा जनपुस्तकालयको टोली हिजो बिहान सिलगढीमा नै पुगेर श्रद्धाञ्जलि अर्पण गरेको तिनले जानकारी दिएका छन्। आज तिनको अन्तिम शवयात्रामा भारत-नेपालका लेखक तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetonwin girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibombets10casibomonwincasibom giriş