कामतापुर राज्य र भाषा आन्दोलनका शहीदहरूको सम्झनामा राजगञ्जमा शहीद दिवस पालन

राजगञ्ज, 25 जनवरी (निसं): साहूडांगी शहीद वेदी समितिले कामतापुर राज्य र भाषा आन्दोलनका शहीदहरूको सम्झनामा शहीद दिवस पालन गऱ्यो। कामतापुर राज्य र भाषाका लागि आन्दोलन गर्दै जगदीश चन्द्र राय र गजन राय शहीद भएका थिए। शनिबार जलपाईगढीका सांसद जयन्त कुमार रायले राजगञ्ज ब्लकको साहुडांगी मोड र जगदीश कोलोनीमा शहीद वेदीमा माला अर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।
समिति सूत्र अनुसार, 25 जनवरी 1987-मा कामतापुर राज्य र भाषाको मागमा अल्ताग्राम स्टेशनमा रेल रोको कार्यक्रम आयोजना गरिएको थियो। उक्त दिन आन्दोलनकारीमाथि गोली चलाइयो, जसमा साहूडांगीका जगदीश चन्द्र राय र धूपगुडीका गजन रायको मृत्यु भएको थियो। त्यसैले प्रत्येक वर्ष 25 जनवरीमा यी दुवै शहीदको सम्झनामा शहीद दिवस मनाइने गरिन्छ। यस अवसरमा राजेश राय, सञ्जय राय, सुधीर सरकार, स्वाधीन राय, तरूण राय, अजीत राय लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *