कम्ती मूल्यमा कुखुरा बिक्री गर्ने प्रलोभन देखाएर ठग्ने सिलगढीका दुईजना पक्राउ

सिलगढी : एकजना कुखुरा व्यापारी पीयुसलाई कम्ती मूल्यमा कुखुरा दिइने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार केही दिन अघि मुर्शिदाबाद निवासी पीयुसलाई अपूर्व घोष र जय रासोलीले फोन गरेर कम्ती मूल्यमा कुखुरा बिक्री गर्ने प्रलोभन देखाए। उक्त व्यक्तिहरूले पीयुसलाई एउटा कुखुराको दाम 55 रुपियाँ लिइने बताए। यसपछि गत 10 अगस्तको दिन सिलगढी संलग्न फुलबारीमा ती दुई व्यक्तिले पीयुसलाई बोलाएपछि वाहन एवम् रुपियाँ लिएर तिनी कुखुरा किन्न गएका थिए। उक्त दुई व्यक्तिले पीयुसबाट कम्ती मूल्यमा कुखुरा दिइने नाममा 89 हजार रुपियाँ एडभान्स लिएपछि फाँसीदेवा थाना इलाकास्थित एउटा पोल्ट्री फार्ममा कुखुरा लिन आउने बताए। यसपछि पीयुस कुखुरा लिनको लागि फाँसीदेवा थाना अन्तर्गत घोषपुकुर इलाकामा पुगेर उक्त दुईजना व्यक्तिलाई फोन मार्फत् सम्पर्क गर्ने प्रयास गर्दा तिनीहरूको फोन बन्द रहेकोले आफू ठगिएकोबारे तिनले थाहा पाए। तिनले घटनाबारे एनजेपी थाना पुलिसलाई विस्तृतमा जानकारी गराए। अभियोगको आधारमा जाँच शुरू गर्दा पुलिसले ती दुई व्यक्तिको स्कुटीको मालिकाना तथ्य जुटाएपछि तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। आज दुवैलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet