कञ्चनजङ्घा स्टेडियममा मुख्यमन्त्रीको सभाको विरोधमा विधायक शङ्कर घोष धरनामा बस्ने

सिलगढी : आगामी 12 दिसम्बरको दिन सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सम्पन्न हुने मुख्यमन्त्रीको सभालाई लिएर प्रशासनिक तयारी युद्ध स्तरमा चलिरहेको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा मुख्यमन्त्रीको सभाको लागि मञ्च निर्माण गरेकोमा सिलगढीका विधायक शङ्कर घोषले आगामी 11 दिसम्बरमा धरना प्रदर्शन गर्ने भएका छन्। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले यसबारे जानकारी दिएका छन्। शङ्कर घोषले भने, मुख्यमन्त्रीको सभाको लागि कञ्चनजङ्घा स्टेडियमको मैदान नष्ट गरिरहेको छ। यो अति नै निन्दनीय विषय हो। आगामी 11 दिसम्बरदेखि 12 दिसम्बर बिहानसम्म खेल प्रेमीहरूलाई लिएर धरना प्रदर्शन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş