कञ्चनकन्या एक्सप्रेस ट्रेनबाट 1 क्विन्टल भन्दा अधिक गाँजा उद्धार, महिला सहित 3 जना पक्राउ

सिलगढी, 20 नोभेम्बर (निसं): ट्रेनबाट मादक पदार्थ तस्करीको खुलासा गर्दै जीआरपी सिलगढीले एउटी महिला सहित तीन जनालाई पक्राउ गरेको छ।
जानकारी अनुसार, मङ्गलबार जीआरपी एसओजी र जंक्शन टाउन जीआरपीको टोलीले गोप्य सूचना पाएपछि कञ्चनकन्या ट्रेन जंक्शनमा आइपुग्न साथ ट्रेनको तलाशी सुरु गर्यो। यसै क्रममा ट्रेनको एसी कम्पार्टमेन्टबाट 15 वटा ब्याग फेला पऱ्यो। उक्त ब्याग खोल्दा 1 क्विन्टल भन्दा अधिक गाँजा उद्धार गरेको छ। त्यसपछि, जीआरपीले महिला रूमा दत्तलाई मादक पदार्थ तस्करीको आरोपमा ट्रेनबाट पक्राउ गर्यो, जबकी उसका दुई साथी घटनास्थलबाट चम्पट कसे।
तथापि, जीआरपी र एसओजी टोलीले रूमालाई सोधखोज गरेपछि तिनका दुई जना साथी अभिक धर र स्वपन बर्मनलाई एनजेपी क्षेत्रबाट पक्राउ गरेको छ। पुलिसले तीनै जना तस्कर विरूद्ध एनडीपीएस एक्ट अनुसार मुद्दा दर्ता गरेर सिलगढी अदालतमा पेश गरेको छ। जीआरपी सूत्र अनुसार, 1 क्विन्टल 7 किलो गाँजा उद्धार गरिएको छ, जसको अनुमानित बजार मूल्य लगभग 15 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL