कन्याश्री प्रकल्प अन्तर्गत तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा प्रदर्शनी कार्यक्रम

खरसाङ (निसं): तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूद्वारा विभिन्न विषयहरूमा प्रदर्शनी गरियो। उक्त प्रदर्शनीको उद्घाटन स्कुल सञ्चालन समितिका सभापति रामबहादुर गजमेर र सचिव अमीत प्रधान साथै स्कुलका शिक्षक प्रभारी देवेन्द्र लामाको बाहुलीबाट गरियो। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका पाँचौँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूले यस प्रदर्शनीमा सहभागिता जनाएका थिए। कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूले तीनवटा मुख्य विषयहरू क्रमैले स्वास्थ्य, पोषण र पर्यावरण विषयमा विभिन्न मोडेलहरू बनाएर प्रदर्शनी गरेका थिए। कन्याश्री प्रकल्प विद्यार्थीहरूका केवल छात्राहरूको लागि शुरू गरिएको प्रकल्प भए तापनि छात्रहरूले पनि अंश ग्रहण गरेका थिए। यस अवसरमा विद्यार्थीहरूले प्रदर्शन गरेका विभिन्न प्रदर्शनीहरूलाई अतिथिहरू लगायत अभिभावकवर्ग तथा विद्यार्थीहरूले निरीक्षण गरे।


यस विषयमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी सह शिक्षिका सञ्जुली छेत्रीले कन्याश्री प्रकल्प विशेष गरेर छात्राहरूको लागि राज्य सरकारबाट शुरु गरिएको हो। यसबाट कन्या विद्यार्थीहरूलाई पढाइमा सहयोग हुनेछ। यसै कन्याश्री प्रकल्प अनुसार स्कुलमा विभिन्न विषयमा प्रदर्शनीहरू राखिएको र यस प्रगर्शनीमा छात्राहरू साथै छात्रहरूले पनि उत्साहपूर्ण रूपमा भाग लिएको बताइन्। नानीहरूले विशेष गरेर स्वास्थ्य, पोषण र पर्यावरण विषयमा प्रदर्शनी गर्नको साथै अतिरिक्त ग्लोबल वर्मिङ, कसरी स्वास्थ्य रहनु, सफा पानी, प्रदूषण लगायत विभिन्न विषयहरूमा मोडेल बनाएर प्रदर्शनी गरेको बताइन्। विद्यार्थीहरू किताबी ज्ञानमा मात्र सीमित नरहेर व्यवहारिक ज्ञानमा पनि खप्पिस रहेको यसबाट प्रमाणित भएको भन्दै तिनले विद्यार्थीहरूले प्रदर्शनीबारे राम्रोसित बुझाएकोमा खुशी व्यक्त गरिन्। यस प्रदर्शनीमा अतिथिहरू, अभिभावकवर्ग, विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom giriş