सिलगढी : सिलगढी नगरनिगमको सबै सेवाहरूलाई आधुनिकीकरण गरिने भएको छ। यसैले आज नगर कर्मीहरूलाई पीओएस मसिन वितरण गरियो। आज नगर कर्मीहरूलाई रवीन्द्र मञ्चमा कर उठाउनको लागि पीओएस मसिन सुम्पिएको छ। नगरनिगमका मेयर गौतम देव र डेपुटी मेयर रञ्जन सरकारले नगरकर्मीहरूलाई उक्त मसिन सुम्पे। यस अवसरमा मेयरले भने, कर संग्रह गर्नको लागि एउटा निजी ब्याङ्कको सहयोगमा 50 जना नगरकर्मीहरूलाई पीओएस मसिन सुम्पिएको हो। सिलगढी नगरनिगमले आगामी दिममा सबै सेवाहरूलाई आधुनिक बनाउने पहल गरेको छ।
