कवि अनिल विद्रोहीको दोस्रो कविता संग्रह ‘मिठाईको खोल’-को लोकार्पण

खरसाङ: तीनधारेको युवा कवि अनिल विद्रोहीको दोस्रो कविता संग्रह मिठाईको खोल आज तीनधारेमा लोकार्पण गरियो। मार्ग कलाकार संगठन तीनधारेको आयोजनामा यहाँको महात्मा गाँधी हलमा सम्पन्न एउटा कार्यक्रममा कवि अनिल विद्रोहीको दोस्रो कविता संग्रह मिठाईको खोल लोकार्पण गरियो। लोकार्पण कार्यक्रममा सभाध्यक्षको रूपमा प्राध्यापक डा. अमिर ठटाल, प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार कृष्ण प्रधान, विशिष्ट अतिथिको रूपमा डा. सुकराज दियाली, विष्णु ठकुरी, ग्याल्पो लामा, दिपक प्रधान, डीएस दर्नाल आदि उपस्थित थिए। गीतकार सुकुमार बराईलीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत सम्भाषण कवि देवेन मंगरले राखेका थिए भने कवि अनिल विद्रोहीको कवि परिचय सरोजनी देवानले राखेका थिए। यसै कार्यक्रममा तीनधारेका युवा कवि अनिल विद्रोहीको दोस्रो कविता संग्रह मिठाईको खोल सभाध्यक्ष प्राध्यापक डा. अमीर ठटाल, प्रमुख अतिथि कृष्ण प्रधान, विशिष्ट अतिथिहरू क्रमैले विशिष्ट अतिथिको रूपमा डा. सुकराज दियाली, विष्णु ठकुरी, ग्याल्पो लामा, डीएस दर्नाल, कवि अनिल विद्रोही र उनका पिता मेघनाथ ब्राह्मण र माता दुर्गा ब्रह्माण अनि प्रकाशक सचिन रिजालको बाहुलीबाट लोकार्पण गरियो। कार्यक्रममा लोकार्पण गरिएको कृति मिठाईको खोलमाथि समीक्षात्मक टिप्पणी कवि युवराज सुन्दासले राखेका थिए। तिनले अनिल विद्रोहीको दोस्रो कविता संग्रह मिठाईको खोलमाथि समीक्षात्मक टिप्पणी होइन तर पाठकीय टिप्पणी राखेको बताउँदै कुनै भूलप्रति क्षमा दिनु होइन बरु पुस्तक पढेर नै प्रतिक्रिया दिनु होला भनी बताए। तिनले यो पुस्तकको नाम नै एस्पट्रयाक र आयमिक रहेको बताउँदै भाव शैली, उपयुक्त छ, शब्द चयन राम्रो छ र कुनै कविता यथार्थ छ भनी बताए। कार्यक्रममा कविहरूले कविता पठन गरेका थिए भने गीत पनि प्रस्तुत गरियो। कवि अनिल विद्रोहीको योभन्दा पहिला पनि विद्रोहीको विद्रोहहरू नामक कविता संग्रह प्रकाशित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *