कवि मिलन प्रधान साहित्य अकादमीको कार्यक्रममा भाग लिन कोलकता जाने

खरसाङ (निसं): साहित्य अकादमीको आयोजनामा सम्पन्न हुने पूर्वाञ्जल क्षेत्रीय लेखक मिटमा भाग लिनलाई तीनधारेको कवि मिलन प्रधान कोलकता जाने भएका छन्। साहित्य अकादमीको आयोजनामा आगामी 17 र 18 सेप्टेम्बरको दिन कोलकोतामा हुने पूर्वाञ्चल क्षेत्रीय लेखक मिटमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि मिलन प्रधान आफ्नो कविताहरू सुनाउन जाने भएका छन्। तीनधारेको नयाँ कमान निवासी कवि मिलन प्रधानले कोलकताको साहित्य अकादमी अडोटोरियमा हुने पूर्वाञ्चल क्षेत्रीय लेखक मिट अन्तर्गत 18 सेप्टेम्बरको दिन अपरान्हमा हुने कार्यक्रममा आफ्नो सहभागिता जनाउने भएका छन्। कवि मिलन प्रधानले कविता सुनाउने सत्र मदन मोहन सेरेनको अध्यक्षतामा सम्पन्न हुने भएको छ। नेपाली भाषामा कवि मिलन प्रधानसितै बंगाला भाषामा विभास रोय चौधरी, अंग्रेजीमा सुफिया खातुन, मणीपुरीमा रञ्जिता सरकार र नेपालीमा कवि मिलन प्रधानले आफ्नो कविताहरू सुनाउने जानकारी प्राप्त भएको छ। तीनधारेको नयाँ कमान निवासी कवि प्रधानले धेरै लामो समयदेखि कविता लेखिरहेका छन्। तिनको कविता संग्रह ‘ब्रेकिङ न्युजमा गाउँ’ प्रकाशित छन् भने तिनले धेरै पत्र-पत्रिकातिर कविताहरू प्रकाशित गरिरसकेका छन्। तिनी गाउँ र चियाबारीलाई माया गरेर कविताहरू लगातार रूपमा लेखिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom giriş