कवयित्री विमला जोशीको “ऐनाभित्र जिन्दगीको रङ्ग” कविता सङ्ग्रहको विमोचन

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी निवासी भारतीय नेपाली साहित्यका सशक्त नारी हस्ताक्षर कवयित्री विमला जोशीकृत पहिलो कृति “ऐनाभित्र जिन्दगीको रङ्ग” कविता सङ्ग्रहको आज विधिवत् विमोचन गरियो। ग्राम कल्याण समाज अप्पर चउर गाउँ नागरी फार्मको तत्वावधानमा आयोजित यस कार्यक्रमको अध्यक्षता समाजसेवी जे जोशीले गरेका थिए। युवराज काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दार्जिलिङ, खरसाङ, मिरिक, कालेबोङ, सिलगढ़ी, डुवर्स लगायत विभिन्न स्थानका साहित्यकार, गीतकार, समाजसेवी तथा विशिष्ठ व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। गणेश गिरीको स्वागत भाषणपछि दिपेन गिरी र एसबी राईले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा साहित्यिक वार्ता, कविता वाचन तथा गीत र नृत्य समावेश गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *