केन्द्रको जनविरोधी नीतिविरुद्ध भोलीदेखि पहाडमा अनशन शुरू

बिजनबारी: केन्द्र सरकारले पेट्रोल-डीजल लगायत अन्य दैनिक प्रयोजनीय सामानहरूको मुल्य वृद्धिमा लगाम लगाउन असफल रहेको तथा भाजपा सरकार जनविरोधी रहेको आरोप लगाउँदै दार्जिलिङ जिल्लाको विभिन्न स्थानहरुमा पनि तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरु भोलीदेखि अनशनमा बस्ने भएका छन्। हिल तृणमूल कङ्ग्रेस जिल्ला महासचिव निर्मल सिहले यसबारे आज पत्रकारहरूलाई जानकारी गराएका छन्। तिनले बताए अनुसार केन्द्रको भाजपा सरकार मूल्य वृद्धिमा लगाम लगाउन असफल भएको साथै पेट्रोल-डीजलको मूल्य लगातार बढिरहेकोले मानिसहरूलाई धेरै समस्या भइरहेको छ। यसैले गर्दा हिल तृणमूलको तर्फबाट पनि पहाडका विभिन्न ठाउँहरूमा भोलीदेखि मूल्य वृद्धिको विरोधमा कार्यकर्ताहरु अनशनमा बस्ने भएको तिनले बताए। भाजपा केन्द्र सरकारको यस्ता जनविरोधी नीतिको विरोधमा भोलीदेखि देशका विभिन्न ठाउँहरूमा पनि अनशन गरिने भएकोले यता आफुहरु पनि जनताको प्रतिनिधि भएर अनशन गर्ने बताउँदै सम्पूर्ण सङ्घ-संस्थान लगायतलाई अनशन सफलीभुत बनाउन सहयोग गरिदिने अपील तिनले गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş