केन्द्र सरकारविरुद्ध तृणमूल कांग्रेसको आमबारीमा जनसभा

राजगञ्ज : केन्द्र सरकारविरुद्ध तृणमूल कांग्रेसले आमबारीमा एउटा जनसभाको आयोजना गर्यो। राजगञ्ज ब्लकको आमबारी तारघोरा मैदानमा तृणमूल कांग्रेसले केन्द्र सरकारको कृषि बील, रेलवे, ब्याङ्कलाई निजीकरण गर्ने, जन-विरोधी नीति तथा विभाजनकारी राजनीतिविरुद्ध उक्त जनसभाको आयोजना गर्यो। यस जनसभामा विभिन्न ठाउँहरूबाट धेरै संख्यामा तृणमूल कार्यकर्ताहरू उपस्थित थिए। वक्ताहरूले जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीको विभिन्न परियोजनाबारे जानकारी गराए। जनसभामा पूर्व सांसद तथा एसजेडीए अध्यक्ष विजय चन्द्र बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन, जलपाईगढी जिल्ला परिषद सहकारी सभाधिपति दुलाल देवनाथ लगायत अन्यले आ-आफ्नो वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş