केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले सिक्किमको नाम्चीमा निर्मित घिर्लिङको गरिन् भर्चुअल उद्घाटन

गान्तोक: पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्रीको विकास पहल योजनाअन्तर्गत नाम्ची जिल्लाको धापरदेखि भालेढुंगासम्म निर्मित घिर्लिङको आज केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले उद्घाटन गरिन्। केन्द्रिय मन्त्रीले यहाँको मनन केन्द्रबाट यसको भर्चुअल रूपमा उद्घाटन गरिन्। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यका मुख्य सचिव बीभी पाठक, वित्त मन्त्रालयका सचिवगण, राष्ट्रिय कृषि एवं ग्रामीण विकास ब्याङ्क (नाबार्ड)-का अध्यक्ष साजी केभी लगायत अन्यको उपस्थिति रहेको थियो।
उल्लेखनीय रहोस, यस क्षेत्रको प्राकृतिक दृश्यसँगै परिपर्यटनलाई बढ़ावा दिने उद्देश्यले यस घिर्लिङको शुरु गरिएको हो। 2016-देखि शुरु गरिएको यस घिर्लिङ परियोजनाको कार्य केही गरिएपछि पूरा हुनसकेको थिएन। पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्रीको विकास पहल योजनामार्फत यसको निर्माण कार्य पूरा भएपछि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले यस महत कार्यको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीसँगै केन्द्र सरकारप्रति आभार व्यक्त गरेका छन्। पूर्वोत्तर क्षेत्रका लागि प्रधानमन्त्रीको विकास पहल योजनाअन्तर्गत ग्याप फण्डिङको रूपमा रु. 57.82 करोड़सँगै यो परियोजना मोठ 209.57 करोड़ रुपियाँको लागतमा निर्माण गरिएको हो। यो घिर्लिङमार्फत भालेढुंगाको चुचुरोसम्म पुग्न सकिन्छ। यसले सिक्किमको पर्यटनलाई थप बढ़ावा मिल्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *