केन्द्रिय संस्कृति एवम् पर्यटन मन्त्री प्रह्लाद सिंह पटेलद्वारा मिरिकको परिभ्रमण

मिरिक: केन्द्रिय संस्कृति एवम् पर्यटन मन्त्री प्रह्लाद सिंह पटेलले आज मिरिकको परिभ्रमण गरे। तीन दिने दार्जिलिङ भ्रमणमा आएका मन्त्री पटेलले आज अन्तिम दिन मिरिकको विश्व प्रसिद्ध बोकार गुम्बामा पुगेर पुजा अर्चना गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले पहाडको विभिन्न धार्मिक स्थानहरूमा जान पाउनु सौभाग्य रहेको साथै उक्त भ्रमणले अद्भुत अनुभूति प्राप्त भएको बताए। तिनले आफ्नो तीन दिने दार्जिलिङ भ्रमण धेरै सुखद रहेको बताए। यस अवसरमा तिनीसित दार्जिलिङका सांसद राजु विष्ट, विधायक निरज जिम्बा पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *