बिजनबारी: आफ्नो चुनावी प्रचारलाई निरन्तरता दिँदै गोर्खा जनमुक्ति मोर्चा विनय खेमा उम्मेदवार केशवराज पोख्रेलले आज चुङथुङ मारेबोङ तामसाङ समष्टिको विभिन्न स्थानहरुमा चुनाउ प्रचार गरे। आज बिहान दार्जिलिङबाट निस्केमा पोख्रेल मारेबोङ तामसाङ हुँदै चुङथुङ पुगे। समष्टि सभापति बीआर राईको अगुवाईमा त्यहाँ गरिएको भ्रमण अवधि युवा मोर्चा सभापति अमृत योन्जन, सचिव अरुण छेत्रीलगायत समष्टिका प्रतिनिधिहरुको प्रमुख रूपमा उपस्थिति थियो। यस अवसरमा प्रार्थी केशवराज पोख्रेललाई ठाउँ-ठाउँमा तिनका पार्टी समर्थकहरुले खादा लगाइदिएर स्वागत जनाए।