खाद्य साथी योजनाको लागि राशन कार्डसित आधार कार्ड लिङ्क गर्ने कार्य जारी

सुकेपोखरी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा राज्यभरि मै खाद्य साथी योजना शुरू गरिएको छ। यसको लागि राज्य सरकारको निर्देशमा राशन कार्डसँग आधार कार्ड लिङक गर्ने कार्य भइरहेको छ। गत केही दिन अघिदेखि  जोरबङ्गलो सुकेपोखरी खण्डका सम्पूर्ण जनसाधारणलाई सबै ग्राम पञ्चायत क्षेत्रमा डिजिटल राशन कार्डसित आधार कार्ड लिङ्क गराउने प्रक्रिया शुरू गरिएको छ। खण्ड विकास अधिकारी सामीरूल इस्लामले  राशन कार्ड र आधार कार्डमा नाम ठेगाना सही भएका उपभोक्ताको निम्ति ग्राम पञ्चायत, बीएसके केन्द्र अनि राशन डिलरहरूले नै लिङ्क गराउने कार्य गर्दै आइरहेको जानकारी गराएका छन्। ग्राम पञ्चायत कार्यालयमा राशन कार्डमा आधार लिङ्क, संशोधन गर्ने कार्य बताउँदै तिनले सम्पूर्ण उपभोक्ताहरूलाई आफ्नो सम्बन्धित ग्राम पञ्चायत कार्यालयमा सम्पर्क गरेर फारम भर्ने अनुरोध गरेका छन्। राशन कार्डमा नाम तथा ठेगाना आदिमा भूल भएको छ भने संशोधन गर्न सकिने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibom