सिलगढी: सिलगढी नगर निगमले महानन्दा नदीलाई प्रदूषण मुक्त गर्ने पहल शुरू गरेको छ। यसै अन्तर्गत सिलगढी नगर निगमका मेयर गौतम देवले आज नदीको किनारमा बसोबासो गर्दै आइरहेका खटाल (झुप्रो) -का मालिकहरूसित पहिलो चरणको बैठक गरे। प्राप्त जानकारी अनुसार, आज सिलगढी नगर निगमको वार्ड नम्बर 1, 3, 42, 43, 44, 46 र 47 मा नदी छेउ-छाउका खटालका मालिकहरूसित बैठक गरे। बैठकमा महानन्दा नदीलाई प्रदूषण मुक्त गर्नको लागि खटालका मालिकहरूलाई शहरदेखि बाहिरी ठाउँमा खटाल लगाउने अनुरोध गरे। बैठकमा डिप्टी मेयर रञ्जन सरकार, सिलगढी नगर निगम कमिश्नर सोनम वाङ्ग्दी भुटिया सहित अन्य अधिकारीहरू उपस्थित थिए। बैठक पछि सिलगढी नगर निगमका मेयर गौतम देवले भने, महानन्दा नदीलाई प्रदूषण मुक्त गर्नको लागि आगामी महिना 15 अप्रेलसम्म खटाल मालिकहरूलाई आ-आफ्नो खटाल हटाइदिने अनुरोध गरेको छौ। तिनले आजको बैठक सफल रहेको बताउँदै आगामी दिनमा अझ दुई चरणमा बैठक आयोजित गरिने जानकारी दिएका छन्।