खोरीबारी अञ्चल तृणमूल युवा कङ्ग्रेसद्वारा रक्तदान शिविरको आयोजना

खोरीबारी : कोरोना महामारीको समयमा रगतको कमी देखापरेकोले गर्दा खोरीबारी अञ्चल तृणमूल युवा कङ्ग्रेसको तर्फबाट खोरीबारी पार्टी कार्यालयको प्राङ्गणमा आज रक्तदान शिविरको आयोजना गरियो। तृणमूल युवा कङ्ग्रेस पार्टी खण्ड अध्यक्ष किशोरी मोहन सिंहले कोरोना महामारीको समयमा रगतको संकटलाई ध्यानमा राखेर आज खोरीबारी अञ्चल तृणमूल युवा कङ्ग्रेसको तर्फबाट रक्तदान शिविरको आयोजना गरिएको बताए। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा जिल्ला, खण्ड तथा अञ्चलहरूमा रक्तदान शिविरको आयोजना गरिरहेको तिनले बताए। उक्त शिविरमा लगभग 27 युनिट रगत संग्रह गरियो भने रक्तदान गर्नेहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो। यस अवसरमा तृणमूल कङ्ग्रेस पार्टीका वासुदेव राय, खण्ड युवा अध्यक्ष किशोरी मोहन सिंह, महिला खण्ड अध्यक्ष पपी साहा, प्रदीप मण्डलसुरजीत दास, दीपाङ्कर च्याटर्जी लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş